पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको ज्यान गएकोे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो काट्दै गरेको बाघलाई शनिवार बिहान ठक्कर दिएको हो ।

कारको ठक्करबाट बाघको राजमार्ग मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र मृत बाघलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । ठक्कर दिने सवारी र चालकलाई निकुन्जको ऐन अनुसार कारावाही गरिने बताईएको छ ।

बाघको पोष्टमार्टम चितवन राष्ट्रिय निकुन्जको टोली आएपछि मात्र गरिने छ । पथलैया देखि अमलेखगंज सम्मको सडकखण्डको राजमार्गमा बन्यजन्तुले सडक वारपार गर्ने क्रममा सडक दुर्घटनामा परी मर्ने क्रम बढदो रहेको छ । अहिले यस निकुञ्जमा बाघको संख्या १७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close