सुर्खेतमा पनि बन्दको प्रभाव

 

सुर्खेत,२२ माघ । नेपाल कम्युनिष्ट पार्टी आन्दोलनरत (नेकपा) को दाहाल–नेपाल समुहले आब्हान गरेको आम हड्तालको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि यसको प्रभाव देखिएको छ ।

आम हड्तालका कारण सुर्खेतबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन र बजार पुर्णरुपमा बन्द भएका छन् । आपतकालिन सेवा अनर्गतका सवारी साधन बाहेक अरु सवारी साधन भने ठप्प रहेका छन् । वीरेन्द्रनगर नगरका प्रत्येक चोक र सडकहरुमा नेपाल प्रहरीले कडाईका साथ सुरक्षा सतर्कता अपनाएको छ।

हड्ताल सफल बनाउन बिहानै देखि आन्दोलनरत नेकपाका कार्यकर्ताहरुले आव्ह्वान समेत गरेका छन् ।
प्रहरीले सुरक्षाका लागि प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यात्रुबाहक सवारी साधनहरुलाई निश्चित ठाउँसम्मका लागि आवश्यकता अनुसार स्कटिङको समेत व्यवस्था गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close