लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

जुम्लामा लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। चन्दनाथ नगरपालिका ८ रोकायावाडाका ३८ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन्।उनलाई प्रहरी चौकी हाँकुबाट खटिएको टोलीले उनको घरमै पुगेर नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो। रोकायालाई जिल्ला अदालत बाँके जिल्ला अदालतको मिति २०७२ भदौ ६ गतेको आदेश फैसलाले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो । उनलाई अदालत जुम्लामा पेस गरिएको प्रहरीले जनाएको छ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close