बजाजले नयाँ एनएस १२५ मोटरसाईकल कर्णालीमा भित्रियो

सुर्खेत । पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ कर्णालीमा पनि भित्र्याइएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाल भित्र्याएको सो मोटरसाईकल आजदेखि कर्णाली प्रदेशमा असिम अटो पार्टसले पनि सार्वजनिक गरेको हो ।
२ लाख ८० हजार रुपैयाँ मूल्य रहेको एनएस १२५ गत वर्ष भारतमा सार्वजनिक भएको थियो । तर एनएस मोटरसाइकल ढिलै गरी भएपनि सुर्खेतमा समेत यो वर्षदेखि भित्रिएको हो । पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको बजाजको आधिकारिक विक्रेता असिम अटो पार्टस सुर्खेतका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिनु भयो ।

उनकाअनुसार यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४‍।४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको कँडेलले बताउनु भयो । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।

मूल्य कम गर्न बाजजले एनएस सिरजका अन्य वाइकमा जस्तो यसमा धेरै फिचर्स भने उपलब्ध गराएको छैन । नेपाली बजारमा यसले टिभिएस रेडरसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको बजाज कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close