किसानलाई उन्नतजातको राँगा वितरण

वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ ले उन्नतजातको राँगा तथा बोयर बोका वितरण गरिएको छ । वडा क्षेत्रका टोलवस्तीबाट माग भए बमोजिम चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत नगरपालिकाबाट स्वीकृत भएको बजेटबाट अनुदानमा ३ वटा उन्नत जातको राँगा र एउटा बोयर बोका बितरण गरेको हो ।

कार्यक्रमको लागि वडाले ४ लाख रकम बिनियोजन गरिएको थियो । बितरण गरिएका उन्नत राँगो र बोका ब्यबसायिक कृषकहरूलाई बितरण गरिएको वडा अध्यक्ष पूर्ण बहादुर ढकालले जानकारी दिनुभयो । अध्यक्ष ढकालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा वडाले शुरुदेखि नै बजेटलाई प्राथामिकता दिदै आएको बताउनुभयो ।

कृषकहरुका लागि बिनियोजना गरिएको बजेटको सही सदुपयोग पनि भएको छ , उहाँले भन्नुभयो, ‘यसले आगामी वर्षहरुमा थप बजेट विनियोजन गर्नलाई हौसला प्राप्त भएको छ ।’ उहाँले हाललाई लेहँडा, भित्रीखोला र खलाकाटेमा राँगा वितरण गरेको बताउनु भयो । ‘त्यसबाट किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आर्थिक सम्बृद्धि हासिल गर्न सजिलो हुन्छ, उहाँले भन्नुभयो, आगामी बर्ष कृषिमा कृषकले माग गरेमा आवश्यक बजेटको ब्यबस्थापन गरिनेछ ।’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close