राष्ट्र बैंकले ल्यायो नयाँ पुर्नकर्जा कार्यविधि, यस्ता छन् नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले नयाँ पुनरकर्जा कार्यविधी २०७७ जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार साँझ उक्त कार्यविधि जारी गरेको हो ।
राष्ट्र बैंकले गत हप्ता चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पुनकर्जाको सिमा बढाउने लगायतका  घोषणा गरेको थियो । सोही अनुसार साविकको कार्यविधिलाई परिमार्जन गर्दै नयाँ कार्यविधि ल्याइएको हो ।

मौद्रिक नीतिमा भनेअनुसार पुर्नकर्जा कोषको सिमा ५ प्रतिशतले बढाउने गरिने कार्यविधि ल्याइएको छ । तर, कोरोनाको असर कम हुदैं गएपछि त्यो सिमा घटाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।
यस्तै घरेलु, साना तथा मझौला उद्यम पुनरकर्जा, बिशेष पुनरकर्जा र साधारण पुनकर्जा गरेर ३ प्रकारको पुर्नकर्जा प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ । साधारण पुनरकर्जामा ग्राहकलाई ३ प्रतिशत व्याजदर तोकिएको छ भने अन्य पुनरकर्जामा ५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ ।
पुनरकर्जाको अवधी भने १ बर्षको मात्रा हुने बताइएको छ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा रु ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।
यस्तै, राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा रु.२० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने बताइएको छ ।
राट्र बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने  कार्यविधिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close