हुम्लामा भारी हिमपात, उत्तरी क्षेत्रको जनजीवन प्रभावित

हुम्ला । हुम्लामा शनिबार बिहानैदेखि हिमापात सुरु भएको छ । सदरमुकाम सिमकोटमा एकदुई इन्चजति हिउँ परे पनि उत्तरी क्षेत्रमा भने तीन फिटसम्म हिँउ जमेको छ ।

जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तीन फिट जति हिउँ जमेको छ । भारी हिमपातसँगै स्थानीयको जनजिवन प्रभावित भएको छ ।

हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ ।

एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा पनि चहलपहल न्यून रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close