पत्रकार सम्मेलन स्थगित

राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी का निवर्तमान तीन जना मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा आयोजना गरिएको पूर्वनिर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको हो । तथापि सम्मेलन किन स्थगित गरिएको हो, सोको बारेमा खुलाइएको छैन ।
श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close