
सुर्खेत ४, बैशाख ।
वीरेन्द्रनगर सुर्खेतमा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको Pathways to Wellbeing, Empowerment and Resilience for Adolescents and Youths (POWER4AY) Project अन्तरगत वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा रहेका युवा उद्यमीहरुलाई बजार प्रर्वद्धनको लागि डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै (POWER4AY) Project का फोकल पर्सन एवम समाज जागरण केन्द्र स्याक नेपालका नवराज खड्काले सीप सिकाइसँगै व्यवसायको बजारीकरणका लागि डिजिटल मार्केटिङ अहिलेको आवश्यकता भएको बताउनु भयो । प्रविधिको विकास र इन्टरनेटको पहुँचले ग्रामिण वस्तीहरुमा समेत किनमेलका लागि अनलाइन बजार विकल्पका रुपमा भएकाले साना उद्यमीलाई तालिमले थप सहयोग गर्ने बताउनु भयो ।
युवा उद्यमीका लागि सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक प्रेम पुनले उत्पादन तथा सेवाको बजार विस्तारका लागि डिजिटल मार्केटिङ शसक्त माध्यम भएकाले प्रयोगमा प्राथमिकता दिन आग्रह गर्नुभयो । यस्तै सहभागि युवा उद्यमीले डिजिटल मार्केटिङ सम्बन्धिको सिकाईलाई व्यवहारमा उतार्नुपर्ने (POWER4AY) Project संयोजक अम्बिका सलामी मगरले बताउनु भयो ।
डिजिटल मार्केटिङ सम्बन्धि सहजीकरण क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका मानबहादुर वलीले गर्नुभएको थियो ।






