माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागमा आंशिक बदली रहेको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस रहेको छ । जिरीमा पनि माइनस २.१ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close