सभापति गिरीको निधन

नेपली काँग्रेस सुर्खेतका युवा नेता तथा भेरीगंगा नगर सभापति वेदु गिरीको उपचारका क्रममा आज निधन भएको छ ।
मेडिसिटी अस्पताल काठमान्डौंमा उपचार गराइरहेका सभापति गिरीको आज निधन भएको हो । ४८ बर्षिय गिरीले केहि समय अघि पित्तथैलीको अप्रेशन गरेका थिए । अप्रेशन लगत्तै अस्पतालमा उपचार भइरहेका गिरीको कोरोना संक्रमणका कारण निधन भएको हो ।
तरुणदल सुर्खेतको १३ बर्ष सभापति भएका गिरी नेपाली काँग्रेसको आसन्न महाधिवेशन प्रतिनीधि समेत हुन् ।
पारिवारिक स्रोतका अनुसार गिरीको अन्त्यष्टि काठमान्डौमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close