कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गते आह्वान

सुर्खेत २१ जेठ ।
कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीद्धारा जारी विज्ञप्ति अनुसार अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे बस्नेछ । नेपालको संबिधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close