डा. बस्ताकोटीको ‘विसंगत बस्ती’ सार्वजनिक

राजु कोइराला
नर्थ क्यारोलाईना अमेरिका, ११ श्रावण ।
कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको मुक्तक संग्रह ‘विसंगत बस्ती’को अमेरिकाको नर्थ क्यारोलाईनाको केरीमा सार्वजनिक भएको छ ।
भानु जयन्तीको अवसरमा अन्तरराष्ट्रीय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजित साहित्यिक कार्यक्रममा मुक्तक संग्रह सार्वजनिक गरिएको हो ।
गोरखाको आँपपिपलमा जन्मिएर हाल नर्थ क्यारोलाइना अमेरिकामा वस्दै आउनुभएका डा. बस्ताकोटीले ‘विसंगत बस्ती’ मा देशको दुरावस्था र राजनीतिको विडम्बनापूर्ण अवस्थाको चित्रण गरिएको छ । राजनीतिक अस्थिरताले देशले भोग्नु परेको समस्यालाई ‘विसंगत बस्ती’मा उठान गरिएको छ ।
मुक्तक संग्रहमा साहित्यकार सरुभक्तले समकालीन मुक्तकहरुमा अभिव्यक्त हुने विभेद, विसङ्गति, समयका विविध आयामहरुको चित्रण गरेको उल्लेख गर्नुभएको छ । साहित्यकार सरुभक्तले डा.बस्ताकोटीले देशले भोग्नु परेका समस्याहरुलाई विसङ्गत वस्तीमा समेटेको उल्लेख गर्नुभएको छ ।

समकालीन नेपालि साहित्यका कवि, गजलकार एवम मुक्तककारका रुपमा परिचय बनाउनुभएको डा. बस्ताकोटीको दोस्रो साहित्यिक कृति ‘विसंगत बस्ती’ बीएन पुस्तक संसारले बजारमा ल्याएको हो । उहाँ क्यानडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधि गरी हाल अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

साथै कार्यक्रममा लोककवि सुरेशकुमार भट्टका सोली डोली -लोकवेद, साइनु – लोक काव्य, कॉचुली- उक्तक संग्रह, मलाई मन पर्छ- बाल कविता संग्रह र त्रितीय समर कोरोना कहर- हाइकु/ कविता संग्रहको पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा. नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल, मुक्तककार डा. ऋषि बस्ताकोटी र लोककवि सुरेश भट्टले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close