बंगलादेशको विद्यार्थी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो

बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किएको छ। सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ। आन्दोलनमा सयौं घाइते भएका छन्।

प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन्। ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ।

हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ। स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन्।

प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन्। सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए। त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close