ढकाल संयाेजकत्वमा समाजशास्त्रीय संघकाे तदर्थ समिति

कर्णाली प्रदेशमा समाजशास्त्रीय संघकाे तदर्थ समिति गठन गरिएकाे छ । समाजशास्त्रीहरुको छाता संस्था नेपाल समाजशास्त्रीय संघको आज एक कार्यक्रमका बिच समिति गठन गरिएकाे हाे ।

समितिकाे संयाेजकमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख वेदप्रकाश ढकाल छनाेट भएका छन् । उनिसहित सात सदस्यीय तदर्थ समिति गठन गरिएकाे हाे ।

समितिका सदस्यहरूमा ओम प्रकाश थापा सूर्यनाथ योगी सीता वली नीरा भट्टराई टेक बहादुर शाही र हरि बहादुर सिंह रहेका छन ।

संघका केन्द्रिय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज नरेन्द्र आर सीको उपस्थिति र मानबिकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close