रेष्टको सुर्खेत जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

सुमन खड्का
सुर्खेत २३,जेठ ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा गुठी (रेष्ट) सुर्खेतको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज (बुधबार) सम्पन्न भएको हो । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष सुर्खेत जिल्ला सजन्वय समितिका प्रमुख गंगाराम सुनारको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा संस्थाले सन्चालन गरेका कार्यक्रम र आगामि योजनाका बारेमा परियोजना प्रदेश संयोजक आयुश ढकालले जानकारी गराउनु भएको थियो । कार्यक्रमले बालबिवाह तथा लैङ्गीक हिंसा, बालश्रम शोषण, चेलीबेटी बेचबिखन र असुरक्षित आप्रवसन जस्ता मुख्य बिषयहरु समेटेर कार्यक्रम कार्यन्वयन गर्दै आएको संयोजक ढकालले बताउनुभयो ।
उहाँले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले जोखिममा परेका वा पर्न सक्ने बालीकाहरुलाई शिक्षा र स्वास्थ्यको संरक्षण तथा सम्बर्धन गर्न सहयोग गर्ने, लैङ्गीक हिंसा तथा विभेदको अन्त्य गर्ने र समुदायस्थरमा अभियान,पैरवि तथा क्षमता अभिबृधी गर्नै कार्यक्रम संचालन गदैृ आएको बताउनु भयो । अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा सन्चालित परियोजनाले ६ वटै प्रदेशमा नै सन्चालन भईरहेको छ । हाल सुर्खेत जिल्लाका ४ पालिकाका १९ वटा विघालयका ५२३ जना विघार्थी परियोजनाबाट लाभान्वित भएका छन् । हाल परियोजनाले वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा कार्यक्रम संचालन गर्दै आएको छ ।
२०६२ सालदेखि संचालित कार्यक्रमले सुर्खेतमा हाल कक्षा १ देखि कक्षा १० सम्मका ४२१ जना विद्यार्थीलाई पढ्नमा सहयोग गर्दै आएको छ । यस्तै कक्षा ११ र १२ मा अध्ययन गर्ने १०२ जना विद्यार्थीलाई समेत सहयोग गर्दै आएको छ । जसमा करिव २० जना विद्यार्थीले प्राविधिक विषय अध्ययन गरिरहेका छन ।
कार्यक्रममा कार्यक्रम लागु पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । सहभागिले विद्यार्थीलाई नगदमा भन्दा अन्य अध्ययन सामग्रीमा सहयोग दिन परियोजनालाई सुुझाव दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close