कोरोनाबाट एकको पुरुषको मृत्यु

जनकपुर, १२ साउन । कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमितलाई प्रादेशिक अस्पतालको जेनरल अस्पतालमा आएका थिए । संक्रमित जेनरल आइसीयुमा रहेकोले मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक बसेको डा. सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close