कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पनि भेटेका थिए

कोरोना संक्रमण देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायतका व्यक्तिलाई भेट गरेको पाइएको छ । प्रहरी समायोजन सम्बन्धी छलफलका लागि उनी जनकपुरबाट काठमाडौं आएका थिए ।

सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो । सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो । बैठक साउन १६ गते बसेको थियो । उनी १७ गते जनकपुर फर्किएका थिए । बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close