जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउदै कर्णाली प्रदेश सरकार

सुर्खेत २७, बैशाख ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश राजधानी सुर्खेतमा बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

कर्णााली प्रदेशले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको मन्त्री ज्वालाले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालन गर्दै आएको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका तयारीका लागि दुई साता अघिदेखि सरकारी कार्यालय खुलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close