रौतहटमा फरार अभियुक्तको चक्कु प्रहारबाट हवल्दार घाइते, दुईजना पक्राउ

रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि रौतहटमा चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते हुनुभएको हो ।
बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए ।
प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close