गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना, हेलिकोप्टरमा रहेका सबैजना सुरक्षित

बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेसकाे नाइन एनए जेजे हेलिकप्टर दुर्घटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका – ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो ।

हेलिकोप्टरमै रहेका उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ ।  हेलिकोप्टरमा गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी र पाइलट सहित ६ जना हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close