सिम्ता गाउँपालिका ७ दिनका लागि बन्द

सिम्ता गाउँपालिकाकाले ७ दिनका लागि सेवा बन्द गरेको छ । कर्मचारी र जनप्रतिनीधिमा कोरोना संक्रमण देखिएपछि थप संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट् ट्रेडिङ गर्नका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अघिकृत जनकबहादुर हमालले बताउनु भयो ।

कोरोना भाइरस न्युनिकरण गर्न नागरिकको घर दैलोमा गएर काम गरिरहेका गाउँपालिका अध्यक्ष सहित अन्यमा संक्रमण देखिएपछि कार्यालयले सवै सेवाहरुलाई बन्द गरेको हो । गाउँपालिकाले कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयै नियन्त्रण गरी महामारी हुन नदिन कार्यालयबाट उपलब्ध हुदै आएको सेवा बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close