सुन्दर नेपाल संस्थाद्धारा विपद व्यवस्थापन कोषमा ४ लाख वढि रकम सहयोग

सुर्खेत २३ वैसाख-सुन्दर नेपाल संस्था सुर्खेतले आफ्नो विपद् व्यवस्थापन कोषबाट सुर्खेत जिल्लाका ९ वटा स्थानीय तह र कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा नोभल कोरोना भाइरस(कोभिड १९)संक्रमण रोकथाम र अन्य आकस्मीकरुपमा हुने विपदका लागि ४ लाख ६६ हजार रकम सहयोग गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस माहामारी(कोभिड-१९)रोकथामका लागि सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्दै हाल लकडाउनका कारण समस्यामा परेको मजदुर,गरीव,विपन्नवर्गको सेवाका लागि र कर्णाली प्रदेश तथा स्थानीय तहले स्थापना गरेका क्वारेनटाइनमा बस्ने नागरिकलाई सहयोग पुगोस भन्ने उद्देश्यका साथ गाउँपालिका,नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३५ हजारका दरले ३ लाख १५ हजार र कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा १ लाख ५१ हजार सहित जम्मा ४ लाख ६६ हजार रकम सहयोग गरेको हो।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि माननीय नरेश भण्डारीलाई संस्थाका अध्यक्ष हेम प्रकाशले १ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन।मन्त्रि भण्डारीले उक्त रकम विपद् व्यवस्थापानको क्षेत्रमा प्रयोग गरी नागरिकको उद्धारमा सहयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो।

सरकार संकटमा परेको समयमा नागरिक समाज संस्थाहरुले पनि आफ्नो नागरिक दायित्व पुरा गर्नुपर्ने भएकोले कोरोना भाइरस विरुद्धको अभियानलाई सफल गराउन ऐक्यवद्धता जनाएको सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाशले वताए हो। यसैगरी युनिसेफको सहयोगमा सुन्दर नेपाल संस्थाले कर्णाली प्रदेश सरकारलाई १ हजार थान ग्लोब्स,१ हजार ५ सय थान पिस माक्स,१२ बोटल सेनीटाइज, २ सय मीटर पिफर्म र बांके जिल्लामा ६ सय मीटर पिफर्म गरी जम्मा रु १ लाख ६० हजार ९ सय ९९ रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक खिम रेग्मिले जानकारी दिनु भयो।

सुन्दर नेपाल संस्थाले विगत वर्ष देखिनै विपद व्यवस्थापनको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ।सुर्खेतमा आएको बाढि पहिरो तथा विपद पूर्वतयारीका लागि जिल्ला विपद् प्रतिकार्य योजना ,आपतकालिन सामाग्रीहरु पनि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय सरकारलाई हस्तान्तरण गर्दै आएको छ।

साभारः युग आह्वान अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close