काँग्रेस नेता तथा पूर्व मन्त्री थानीलाई पितृ शोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गरिवी निवारण तथा सहकारी पूर्व मन्त्री हृदयराम थानीलाई पितृ शोक परेको छ । पूर्वमन्त्री समेत रहेका थानीका ८८ वर्षीय पिता पदमलाल थानीको उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ‘उहाँको श्वासप्रसासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा ल्याइएको थियो’ काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने, ‘उपचारको क्रममा उहाँको निधन भएको हो ।’ थानीका दुई छोरा र दुई छोरी छन् । उनको अन्तिम दाहसंस्कार शुक्रबार (आज) रानीघाटमा गरिने सभापति रेग्मीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close