आइसीपी निर्माण काम अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढ्ने बताउनुभयो।
गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा भन्सारमा आइसीपीको लागि नेपालकोतर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिनुभयो।
अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध भन्दै बेलहियाको आइसीपी निर्माणको लागि साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ।
गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती भन्ने गरिएकोप्रति आपत्ति जनाउँदै उहाँले व्यवस्थित रुपमा सञ्चालन गर्दा सेवासहित नाफा दिने जानकारी दिनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close