आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रम आज

आठ दलीय गठबन्धनले संघीय सांसदहरूका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै छ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू का लागि अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close