
सुर्खेतको वीरेन्द्रनगर–९, जुम्लारोडस्थित मंगलगढीमा सञ्चालित कर्णाली दोहोरी साझले आफ्नो दोस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नुभएको थियो। सामाजिक विकास मन्त्री भण्डारीले स्थानीय कला र सिर्जनशील प्रतिभालाई सम्मान गर्न र चिनाउन दोहोरी साझले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 
दोहोरी साझका सञ्चालक दिनेश क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा सुर्खेत घर भई राष्ट्रिय पहिचान बनाएका स्रष्टा तथा सर्जकहरूलाई सम्मानसमेत गरिएको थियो।
छोटो समयमै ग्राहकको मन जित्न सफल कर्णाली दोहोरी साझले आफ्नो सेवा र सांस्कृतिक कार्यक्रमहरू मार्फत स्थानीय कला, संगीत र पर्यटन प्रवर्द्धनमा योगदान दिँदै आएको सञ्चालक क्षेत्रीले बताए।
उनका अनुसार आउँदो मंगलबारका दिन दोहोरी साझमा चर्चित मोडल एलिना रायमाझी, गायक तथा मोडल विशाल सोनी, साथै सुर्खेतका चर्चित कलाकारहरूको विशेष प्रस्तुति समेत प्रस्तुत गरिने छ।
वार्षिकोत्सवमा सहभागीहरूले दोहोरी साझले स्थानीय कलाकारको मंच सिर्जना गर्नुका साथै मनोरञ्जनको नयाँ गन्तव्यको रूपमा स्थापित हुँदै गएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय कार्यक्रमको अपेक्षा गरेका छन्।





