मुख्यमन्त्री सहित १ सय ६६ जनाको स्वाब संकलन

सुर्खेत, ८ जेठ ।
कर्णाली प्रदेशसभा बैठकको तयारी अन्तर्गत आज (विहीबार) सांसदहरूको स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए नभएको पहिचान गर्न मुख्यमन्त्री, सभामुख, उप–सभामुख सहित सांसद, मन्त्री र मन्त्रीका स्वकीय सचिव, मर्यादापालक सहित १ सय ६६ जनाको स्वाब संकलन गरिएको हो ।
३२ जना सांसद र संसद् सचिवालयका कर्मचारी, सभामुख, उप–सभामुख तथा संसद्का विभिन्न समितिका सभापतिहरू, अंगरक्षकहरु, सवारी चालक, स्वकीय सचिवहरूको स्वाब संकलन गरिएको कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ८ जना सांसद प्रदेश बाहिर भएकाले अनुस्थित भएका छैनन् ।
कर्णाली प्रदेशको जेठ ११ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएपछि बैठकको तयारी स्वरूप स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकाहरूको नतिजा शुक्रबारसम्ममा आइसक्ने जनाइएको छ ।
कर्णाली प्रदेशको बजेट अधिवेशनको बैठक जेठ ११ गते प्रदेशसभा बस्नेछ । बैठकका लागि सभाहलमा सामाजिक दुरी कायम गरी कुर्चीहरुको व्यवस्थापन मिलाउन थालिएको छ ।

कोरोना परिक्षण नगराएका र नतिजा पोजेटिभ देखिएका सांसद बैठकमा सहभागि हुन नपाउने प्रदेशसभा सचिवालयले जनाएको छ । संसद हुनुभन्दा अगाडिनै सवै सांसदको पीसिआर प्रविधिबाट कोरोना नमुना परिक्षण गरेर मात्र बजेट अधिवेशन वस्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close