सवारी दुर्घटनमा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्धार

ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्धार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।
दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं २ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक केसीले बताउनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उहाँका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close