माघ १६ गते देखि विद्यालय खोल्ने निर्णय

 

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ १६ देखि २० गतेसम्म विद्यालयले संचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न सीसीएमसीसीको बैठकले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोरोना विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्र्तगत माघ १६ गतेदेखि विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close