पञ्चपुरीमा प्रमुख प्रशासकीय अधिकृतको कृते हस्ताक्षर गरी रकम भूक्तानी

सुर्खेत १०, श्रावण । सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कृर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाईएको छ । नगरपालिकाको राष्ट्रिय वाणिज्य बैकमा रहेको खातामा लेखा अधिकृत लगायतको टोलीले कृते हस्ताक्षर गरी घरभाडा तथा खाजानास्ता वापतको रकम भूक्तानी गरिएको पाइएको छ ।

गत जेष्ठ १९ गते घरभाडा तथा खाजा नास्ता बापतको २ लाख ६२ हजार बराबरको बिल पेस भएको नगरपालीकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रोमाकान्ता पाण्डेका अनुसार नगरपालिकामा रकम भूक्तानीका लागि लेखा अधिकृतले विल भरपाई पेश गरेका थिए । ‘भूक्तानी दिन नमिल्ने भन्दै रोखेको विलभरपाइमा मेरो कृते हस्ताक्षर गरी रकम भूक्तानी गरिएको छ ।’ उनले भने, ‘कृते हस्ताक्षर गर्ने विरुद्ध कानुनी प्रक्रियामा जानेछु ।’ हाल उक्त मुद्दा अख्यिार दुरुप्रयोग अनुसन्धानको कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close