बाबियाचौर विद्यापुरमा फोरजी सेवा

सुर्खेत, १४ साउन ।

विशेषगरी जिल्लाका सदरमुकाममा र आसपासका क्षेत्रमा मात्र फोरजी सेवा दिइरहेको टेलिकमले पश्चिम सुर्खेतमा पहिलो पटक सेवा विस्तार गरेको छ ।

सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बाबियाचौर र विद्यापुरमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । पञ्चपुरी नगरपालिका अन्तर्गतका यी दुई ठाउँमा मंगलबारदेखि फोरजी सेवा सुरु गरिएको हो । विशेषगरी जिल्लाका सदरमुकाममा र आसपासका क्षेत्रमा मात्र फोरजी सेवा दिइरहेको टेलिकमले पश्चिम सुर्खेतमा पहिलो पटक सेवा विस्तार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं उक्त निर्वाचन क्षेत्रका संघीय सांसद् नवराज रावतको निरन्तर पहल पश्चात नेपाल टेलिकमले यहाँ फोरजी सेवा सुरु गरेको हो । राज्यमन्त्री रावतले पश्चिम सुर्खेतमा नेटवर्क अपग्रेड तथा गुणस्तरीय सेवा प्रदान गर्नका टेलिकमलाई अनुरोध गरेका थिए ।

उनले यी दुई सहित पोखरीकाँडा, छाप्रे, सालकोट, डाडाकाना, वेतान, लगाम, तल्लो बिजु, राग, कालावन, पल्लो राग, तिखाकुना क्षेत्रका टावरबाट सेवा अपग्रेड गर्न पत्रमार्फत टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गरेका थिए । फोरजी सेवा विस्तार गरेकोमा धन्यवाद दिँदै राज्यमन्त्री रावतले आगामी दिनमा बाँकी रहेका क्षेत्रमा पनि सेवा विस्तारका लागि पहल जारी रहने बताए । ‘त्यहाँका जनका थुप्रै माग र असुविधा मध्य सञ्चार पनि एउटा हो’ राज्यमन्त्री रावतले भने,‘मैले चुनावमा गरेका प्रतिबद्धता अनुसार जनताका माग पूरा गर्न निरन्तर लागिरहेको छु ।’

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार गर्न सजिलो हुने इन्जिनियर विराज काफ्लेले जानकारी दिए । सेवा सुरु गर्न गएका इन्जिनियर काफ्लेले विद्युत सेवा नभकाएले सोलारबाट फोरजी सेवा सुरु गरिएकोले लगातार घाम नलाग्दा भने केही असज हुनसक्ने बताए ।

फोरजी सेवाले सूचना प्रविधी मार्फत शिक्षण लगायतमा सहज हुने पञ्चपुरी नगरपालिका वडा नं.५ का अध्यक्ष होमबहादुर रामजालीले बताए । स्थानीयवासीसमेत रहेका स्वास्थ्य राज्यमन्त्रीका सचिवालय सदस्य तपेन्द्र विसीले कोभिड–१९ र लकडाउनका बेला विद्यालय बन्दा हुँदा विद्यार्र्थीहरु शिक्षाबाट बञ्चित भएको र अव भने सहज हुने बताउँछन् ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close