किन बढ्दैछ वीरेन्द्रनगरमा फोहोर ?

उसो त वीरेन्द्रनगर नगरपालिकाको नारा नै ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर’ भन्ने छ । तर उक्त नारा नारमै सिमित बनेको स्थानीय नागरिकहरुको गुनासो छ ।

 

सुर्खेत,१९ माघ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समय फोहोरको मात्रा बढ्दै गएको छ । प्रदेश राजधानी भएसँगै जनघनत्व र बढ्दो सहरीकरणले यहाँका सार्वजनिक स्थल र सडकमा फोहोर बढेको हो ।

नगरपालिकाको बसपार्क क्षेत्र, रंगशाला, मंगलगढी, यरिचोक लगायतका विभिन्न ठाउँहरु फोहोरमा थुप्रिने गरेको छ ।
उसो त वीरेन्द्रनगर नगरपालिकाको नारा नै ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर’ भन्ने छ । तर उक्त नारा नारमै सिमित बनेको स्थानीय नागरिकहरुको गुनासो छ ।

‘नगरपालिकाले नारालाई कार्यान्वयन गर्न सकेको छैन । जहाँतहीं फोहोरका डंगुर मात्रै छन्,’वीरेन्द्रनगर —६ का पदम खड्काले भने, ‘नगरपालिकाबाट कहिलेकाहीं कर्मचारी आउँछन् त्यतिबेलासम्म फोहोर बढीसकेको हुन्छ ।’
मासिक रुपमा पैसा तिरेपनि फोहोरको व्यवस्थापन हुन नसकेको खड्काको भनाई छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि खटाइएका कर्मचारीले नै लापरबाही गरेका कारण पनि समस्या भएको स्थानीय राधा भटट्राईले बताइन् ।

पैसा लिने बेला मात्र समयमा आउने र फोहोर लिनका लागि ढिला गर्दा घरबाट निस्केको फोहोर राख्ने ठाँउ नभएरै थप समस्या भएको भट्टराईको भनाई छ ।

नगरपालिकाका कर्मचारीहरु कार्ड देखाउन बिर्सेपछि फाहोर छोडेर जाने गरेको गुनासो गर्छन् अर्का स्थानीय विमल विक ।
नगरमा जताततै फोहोरको मात्रा बढेपनि सरोकारवालाले व्यवस्थापनमा चासो नदेखाउँदा राजधानी फोहोरको खानी बन्न लागेको ‘क्लिन कर्णाली, ग्र्नि कर्णालीका’ अभियान्ता भिम थापाले बताए ।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्नकै लागि ‘फोहारेमैला कार्यविधि २०७६’ ल्याएर व्यवस्थापनको जिम्मा वडाहरुलाई दिएको उप—प्रमुख मोहनमायाँ ढकालले बताइन् ।

‘हामीले फोहोर व्यवस्थापन गर्नकै लागि ‘फोहारेमैला कार्यविधि २०७६’ ल्याएर व्यवस्थापनको जिम्मा वडाहरुलाई दिएका छौं,’ उप—प्रमुख ढकालले भनिन्, ‘कुनै वडाहरुमा फोहोरमैला व्यवस्थापनको समस्या देखिएपनि त्यसको व्यवस्थापन समेत गर्ने गरेको छ ।’
नगरपालिकाले मात्र नभएर स्थानीय र हरेक नागरिक जसले फोहोर गर्छ यसैले पनि फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने उप—प्रमुख ढकालको सुझाव छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो देखाएकै कारण कार्यविधि बनाएर काम अगाडी बढाएको उनको दाबी छ ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल जसले फोहोर मैला गर्छ उसैले त्यसको व्यवस्थापन नगर्दासम्म फोहोरमैलाको व्यवस्थापनमा चुनौती थपिने बताउँछन् ।

‘फोहोरमैलाको समस्या एउटा निकायको भरमा मात्र व्यवस्थापन हुन सक्दैन, त्यसैको प्रभावका काराण केही वडामा समस्या देखिएको हो,’ अधिकृत ढकालले भने, ‘अहिले नगरले फोहोर उठाउँछ ५०—६० सम्म पैसा दिन आनाकानी गर्छन्, एक त सानो जनशक्ति छ सामग्री र खर्च लगायतका कुराहरुमा पनि समस्या छन् ।’

अब वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि नगरपालिकाले नीजि क्षेत्रलाई निश्चित सर्तसहित निजी क्षेत्रलाई दिने तयारी रहेको ढकालले जानकारी दिए ।

फोहोर उत्पादन कम गरी त्यसलाई वर्गिकरण अनुसार पुनः प्रयोग गर्नाले केहि हदसम्म फोहोरको व्यवस्थापन गर्न सकिने प्रशासकीय अधिकृत ढकालको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close