डोटीमा जिप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

डोटीमा जिप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन्।
दिपायल बाट सिलगढी जाँदै गरेको सु प्र प ०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु प्र प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडी एक आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष २९ की टङ्क कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देवी बिस्ट, वर्ष २४ की दुर्गा देवी विष्ट र डेढ वर्षीय सिर्जन बिस्ट रहेका छन्। त्यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का मोटरसाइकल चालक वर्ष ३२ का विष्णु बोहरा र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जीर्ण बम रहेको प्रहरीले जनाएको छ।
अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close