
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ८३ पुगेको छ । हिजो ८० जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ८३ पुगेको हो ।
हालसम्म दुई हजार आठ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ९३ जना छन् ।
यस्तै अछाममा ६६७, बैतडीमा ३०७, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २१, डोटीमा ६६३ र कञ्चनपुरमा ५१४ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार २ सय ६ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।