कपिलवस्तुमा आजदेखि लकडाउन, बैंक समेत बन्द

कोरोना संक्रमण बढ्न थालेपछि कपिलवस्तुमा आजदेखि लकडाउन लागू गरिएको छ। समुदायस्तरमा संक्रमण बढ्न थालेको भन्दै जोखिम न्यूनिकरणका लागि लकडाउन जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गएराति १२ बजेदेखि ३२ साउनसम्म जिल्लामा लकडाउन जारी गरेको गर्ने निर्णय गरेको थियो। जिल्लामा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ।

लकडाउन जारी भएसँगै अत्यावश्कीय वस्तु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन्। यसअघि विहीबारदेखि जिल्लामा निजी सवारी साधन जोर–बिजोर प्रणालीबाट सञ्चालनको अनूमति दिइएपनि अब त्यो अनूमति समेत प्रशासनले खारेज गरेको पत्रकार दीपक अनुरागीले बताए।

उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ। जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रूपमा बन्द भएका छन्।

अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ। पूर्वपश्चिम राजमार्ग भएर गुड्ने सवारी साधनमा रोक नलागए पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने नपाइने प्रशासनले जनाएको छ।

कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ८५७ पुगेको छ। यसमध्ये ७५५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या १०२ जना रहेको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close