
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको मिति सारिएको छ। यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बसिने नेकपाले जनाएको छ।
आवश्यक तयारी नपुगेको जनाउँदै नेकपा सचिवालय बैठकले यस्तो निर्याय गरेको हो। यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो।