अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई घातक हतियार दिने योजना बनाएको बताउनुभएकाे थियाे । हतियारको विस्तृत विवरण नै आफूहरुसँग रहेको ब्लिंकेनले दावी गर्नुभएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले अमेरिकाले लगाएको आरोप अस्वीकार गर्नुभएको हो । तर अमेरिकाले दवाव दिंदैमा चीन–रुस सम्बन्धमा भने फरक नपर्ने वेनपिनको भनाइ थियो । युद्ध क्षेत्रमा निरन्तर हतियार आपूर्ति गर्ने चीन होइन अमेरिका भएकाे वेनपिनकाे दावी छ ।

भ्रम फैलाएर युद्ध जारी राख्नुभन्दा वार्ताबाट युद्ध टुंग्याउनेतर्फ सोच्न अमेरिकालाई वेनपिनले आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close