
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ६९ हजार ८६० जनाको मृत्यु भएको छ भने १ करोड ७१ लाख ७७ हजार ८६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ६ लाख ९२ हजार ४१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ३८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा अहिले ५८ लाख १५ हजार ५९२ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
त्यस्तै ४९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने ६ हजार ५७४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६४ औँ स्थानमा रहेको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जनालाई कोरोना संक्रमण भएको छ भने ४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै १४ हजार २१ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा ५ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन् ।