कर्णाली १९ बर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश

 

चैत १०,सुर्खेत । कर्णाली प्रदेश धनगढीमा जारी १९ बर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ।
समूह ए को अन्तिम खेलमा आज सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेटरनरेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको हो।
कर्णाली यसअघि कुनैपनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन।
कर्णाली र सुदूरपश्चिमको समान ४ अंक भएपनि नेट रनरेटको कारण समूह ए बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।
समूह बी बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगि सकेको छ। उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच भोली प्रतिस्पर्धा हुनेछ।कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहदै उपाधि नजिक पुगेको हो। सुदूरपश्चिम पनि ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटका कारण दोस्रो स्थानमा रहदै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो। लुम्बिनी प्रदेशसँग भने ५ विकेटले पराजित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close