ओडारमा लुकाइका ७ थना भरुवा बन्दुक बरामद

रूकुम (पूर्व) मने सिस्ने गाउँपालिका–८ लम्पाकोटस्थित स्याल्म्या चौर सामुदायिक वनको ओडारबाट ७ नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।

उक्त ओडारमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रुकुम पूर्व  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close