
सुर्खेत, २१ असोज ।
जाजरकोट सदरमुकामबाट जुँनीचादे गाउपािलकाका लागि यात्रुसहित छुटेको जीप दुर्घटना ग्रस्त भएको छ । जुनीचाँदे गाउपालिका वडा नं. १ को औलोखोलामा भे १ ज ९३५ नम्बरको जीप दुर्घटना ग्रस्त भएको हो । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । घटनास्थलका लागि प्रहरी गईसकेको र मृतक तथा घाईतको पूर्ण विवरण नआईसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।