भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ।

इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो।

श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ प्रक्षेपण गर्न थालेको थियो।

नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close