कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६ पुग्यो

सुर्खेत, जेठ १५ । कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको परीक्षण अनुसार मध्ये दैलेख नारायण नगरपालिका–१ का २६ बर्षिया पुरुष, ३ का १९, ३०, ३६ र ४० बर्षिया पुरुष, ४ का १ वर्षिया बालक, २० वर्षिया महिला र ५ का १७ वर्षिया पुरुष रहेका छन् ।
कर्णालीमा ३८ जनामा यस अघि नै संक्रमण पुष्टी भएको थियो । हाल संक्रमितको संख्या ४६ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close