शान्ति प्रक्रियाका बाँकी काम सबैको सहमतिमा पास गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउनु भयो । उहाँले विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’

अध्यक्ष ओलीले टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत रहेको पनि बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close