
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना संक्रमित थपिएका हुन् ।
हाल उपत्यकाका तीन जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ९२४ छ ।
अहिले देशभर चार हजार ९१० जना होम आइसोलेसनमा र २५१ जना संस्थागत आइसोलेसनमा छन् । अस्पतालमा उपचाररतमध्ये ९६ जना आईसीयू तथा २२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।