
धर्मराज आचार्य
सुर्खेत २७, भदौ ।
कोरोना भाइरस विश्वव्यापी महामारीको कारण होटल क्षेत्रमा समेत ठुलो असर पुगेको छ । अन्य व्यवसायको तुलनामा होटल तथा रेष्टुरेष्टमा ठुलै प्रभाव पारेको छ । सुर्खेतका करिव १५ सय होटल व्यवसायको भबिष्य कोरोनाले अन्योल बनाएको छ । सरकारले कोरोना नियन्त्रणकालागी गरेको लकडाउन र निषेधाज्ञाले यातायाता व्यवसायसँगै होटल तथा रेष्टुरेष्ट क्षेत्रमा संलग्न धेरैको रोजगारी गुमेको छ ।
करिव १० हजारले पत्यक्ष रोजगारी पाएको सुर्खेतको होटल व्यवसायबाट ९० प्रतिशत काम विहिन बनेका छन् । होटल व्यवसायी संघ सुर्खेतका महासचिव जनक सिंह ठकुरीका अनुसार अहिले सुर्खेतका सवैजसो होटलले ५ प्रतिशत जनशक्ति प्रयोग गरेर सञ्चालन भएका छन् । ‘कोरोना त्रासका कारण ग्राहकआउदैन, आएका ग्राहकलाई पनि हामीसँग उपलब्ध ५ प्रतिशत जनशक्तिबाट उचित सर्भिस दिन सकेका छैनौं । ’ महासचिव ठकुरीले भने ‘ कोरोना भाइरस तत्काल नियन्त्रणमा आएर व्यवसाय सञ्चालन भएपनि यसको असर १ बर्षसम्म रहने छ ।’


सुर्खेतमा रहेका केहि प्रतिष्ठित रेष्टुरेष्टहरुले कोरोनका कारण व्यवसायमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । सरकारले घोषणा गरेको लकडानउले व्यवसाय पूरै बन्द गरे पनि बैंकले व्याजका लागि ताकेता गर्दा समस्या परेको उनीहरुले गुनासो गरेका छन् । कोरोना त्रासका कारण व्यवसायीले अहिले सरकारले तोकेको व्यक्तिगत सुरक्षाको मापदण्डलाई अपनाएका छन् । १५ बर्षदेखि हस्पिटालिटीको अनुभव भइ काठमान्डौं मःम सञ्चालन गर्दै आएका विकास शिलवालले सरकारले तोकेको मापदण्ड अपनाएरै ग्राहकलाई सेवा दिइ रहेको बताए । ‘१० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए, कोरोनाका कारण अहिले ४ जनाले सेवा दिइ रहेका छौं ।’ सञ्चालन शिलवालले भने ‘ युवालाई रोजगारी दिने भनेर खोलेको व्यवसायमा कोरोना त्रासका कारण अफ्ठारो भएको छ । ’ कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारले होटल तथा रेष्टुरेन्टमा अझै पनि पूर्ण रुपमा बन्देज हटाइ सकेको छैन । यसको कारण स्थानीय स्तरमा युवाले पाएको रोजगारी गुमेको छ ।

सुर्खेतको एरिचोकमा रहेको सेफ च्वाइस रेष्टुरेण्टका सञ्चालक समिर लामाले कोरोनाका कारण ४७ प्रतिशत व्यापरमा असर पुगको बताउनु भयो । होम डेलिभरी सुविधा सहित सञ्चालन गरेको रेष्टुरेण्टमा कोरोनाले होमडेलिभरीमा समेत प्रभावित गरेको उहाँको भनाइ छ । उहाँका अनुसार १३ जनाले रोजगारी पाएको व्यवसायबाट ६ जनाले रोजगारी गुमाएका छन् ।

संभावना देख्दै खुलेका होटल तथा रेष्टुरेन्ट

कोरानाले होटल व्यवसायमा असर मात्र होइन, केहिलाई भने केहि गरौ भन्ने अवसर पनि दिएको छ । सुर्खेतमा कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाका बीचमा पनि करिव १ दर्जन होटलहरु सञ्चालनको प्रक्रियामा छन् । वीरेन्द्रनगर १२ एयरपोर्टमा नाम्लो ईन होटल प्रा.लि. सबै काम सकेर सञ्चालनको पक्रियामा रहेको छ । एयरपोर्टमै रहेको डि यफ सि होटल अनौपचारिक रूपमा संचालन भैरहेकोछ । बैशाख १ गते सञ्चालनको तयारी गरिरहेको क्याम्पस रोडमा रहेको कौशिक गार्डन एण्ड रेष्टुरेन्ट लकडाउनका कारण साउन १ गतेबाट मात्र सञ्चालन भएको छ ।
युवा व्यवसायी जनक सिंह ठकुरीको बसपार्क नजिक लकडाउनकै बीचमा बुलबुले भ्यू टु सञ्चालनको तयारीमा छ । यता बीच बजारमा फेन्सी व्यवसायी प्रेम पाण्डेको लकडाउनका बीच नमुना होटल सञ्चालनको तयारीमा छ ।
होटल व्वयसायमा युवाको आर्कषण
होटल व्यवसायमा युवाको आकर्षण बढेको छ । पढेलेखेका युवाहरुले सरकारी जागिर खानै पर्ने पुरानो मानसिकतालाई ताग्दै सुर्खेतमा अधिकांश युवा होटल तथा रेन्टुरेण्ट व्यवसायमा लागेका छन् । सुर्खेतमा सन्चालन भयका र हुन थालेका रेस्टुरेन्ट तथा होटलमा युवाहरू को बाहुल्यता रहेको छ । होटल म्यानेजमेन्ट विज्ञ बिकास सिलवाल ले खोलेको काठमाडौं मःम, मास्टर्स गरेका पोषणराज रेग्मी तथा तिलक खनालले खोलेको कौशीक गार्डेन रेष्टुरेन्ट , युबा ब्यबसायि गोपाल बि.सिले खोलेको चकटि लुंगे, हिक्मत चन्द ले खोलेको वाह जक्सन क्याफे, कृष्ण पौडेलले गणेशचौकमा खोलेको आत्रेज रेष्टुरेन्ट, पुण्ट रेष्टुरेण्ट एण्ड ग्रिलहाउस तथा डिफसि र नाम्लो ईन युवाद्धारा सञ्चालित होटलका नमुना हुन ।
मध्यपश्चिम विश्वविद्यालयमा अध्यापन समेत गर्दै आएका कौशिक गोर्डेन रेष्टुरेण्टका सञ्चालक पोषण रेग्मीले युवालाई रोजगारी दिने मुख्य उद्देश्यले तीन जना मिलेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउनु भयो । करिव ८० लाखको लगानीबाट शूरु गरेको रेष्टुरेण्टमा लामो बन्दाबन्दिले केहि समय असर गरे पनि भविष्य राम्रो देखेर व्यवसायमा लागेको उहाँले बताउनु भयो ।
प्रविधिमत्री बन्दै होटल्हरु
लामो बन्दाबन्दीले ग्राहक र होटल तथा रेष्टुरेण्टलाई जोड्ने काम युवाहरुले सञ्चालन गरेको फुडमेल प्रा.लि.ले गरेको छ । सुर्खेत उपत्यकामा रेस्टुरेन्टको खाजा तथा खानाका परिकार घर तथा अफिसम्म डेलिभरी सेवा दिनका लागि फुड मेलले वीरेन्द्रनगरमा यस्तो सेवा शुरु गरेको हो । लकडाउन र विशेष गरी कोरोना संक्रमणको जोखिममा होटेल तथा रेष्टुरेन्टमा नगईकन घर वा अफिसमैं बसेर खाना तथा खाजा खान र अनलाइनमा अर्डर गरेकै आधारमा डेलिभरी प्राप्त गर्न फुड मेलले यस्तो सेवा शुरु गरेको छ । युवा व्यवसायी भुषण गौतमले आफै निर्माण गरेको एप मार्फत सुर्खेतका अत्यन्तै नाम चलेका होटेल तथा रेष्टुरेन्टबाट खाना तथा खाजा अर्डर गर्न सकिन्छ ।