
फागुन २ सुर्खेत । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा (कार्चेन) लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दा ४० प्रतिशत सभामा रहेका उपसभामुख सहित कुनै मन्त्रालयमा महिलाको सहभागिता नभएको र मुर्ति चोरि अभियोगमा कैद सहित सजाय भोगेका व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरिएन भनि उच्च अदालतमा रिट दर्ता गर्नु भएको छ।
उच्च अदालत सुर्खेतमा दायर गरिएको रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी विनिता वोगटीले दर्ता गरेको रिटमा उनको मन्त्री पद खारेजीको माग गरिएको छ ।
नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
मुख्यमन्त्री जीवन बहादुर शाहीले माघ २३ गते आइतबार सरकारलाई पूर्णता दिनु भएको थियो ।