पञ्चपुरी नगरपालिका अब आफनै भवनमा

कमल कुमार न्यौपाने
चैत ८,सुखेैत । स्थानिय तहको स्थापना सगै सुर्खेतको पञ्चपुरी नगरपालिकाले भाडाको घरबाट आफनो सेवा प्रवाह दिदै आइरहेको थियो । नगरपालिकाले सोमबार आफ्नै प्रसाशनिक भबनको एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । ६ करोड ५९ लाखको लागतमा निर्माण भएको भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन अव देखि थप सहज हुने बताउनुभएको छ ।
त्यस्तै नगर उप प्रमुख मुक्ति रेग्मीले नागरिकले नया भवनबाट सबै सेवा पाउने र नगरको कामका लागि अन्य शाखा हरुमा धाउनुपर्ने र धेरै समय कुर्नुपर्ने समस्याको अन्त्य हुने समेत बताउनु भयो । कार्यक्रममा नगरभित्रका राजनैतिक दल, समाजसेवी तथा नगरवासीको सहभागिता रहेको थियो ।
प्रशासनिक भवन भित्र सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्ष, छुट्टै ‘मिनी मिटिङ हल’ तथा बिभिन्न शाखाका छुट्छुट्टै कोठा समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close