“कालापनी भारतको हो र भारत मै रहन्छ ” उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत

एजेन्सी । प्रधानमन्त्री के पी शर्मा ओलीले केही दिन अगाडि भारतीय सेनालाई लामो समयदेखि अतिक्रमण गरेको नेपालकाे भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट  हट्न दिएको अभिव्यक्तिलाई लिएर भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले प्रतिक्रिया दिएका छन् ।

उनले नेपालकाे कालापानी भारतीय भूमि भएको बताएका छन् । उनले भनेका छन्,‘कालापानी भारतको हो र भारतमा नै रहन्छ ।’ सिंहले भनेका छन्,‘कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।’

पछिल्लो समय कालापानी, लिम्पियाधुरा र लिपुलेकका कारण भारत र नेपालको सम्बन्ध चिसिएको छ । भारतीय पक्षले गरेको एकपक्षिय निर्णय आफुहरुलाई अमान्य रहेको नेपाल सरकारले बताउँदै आइरहेको छ ।

उनले कालापानीबाट सेना हटाउने कुरै नहुने समेत बताएका छन् ।  उनले कालापानीलाई लिएर नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

नेपालमा भने भारतले गरेको अतिक्रमणको विरोध हुँदै आइरहेको छ । नेपालले कुटनीतिक तवरले समस्या हल गर्न चाहेको बताइरहँदा उनको यो अभिव्यक्तिले कुटनीतिक सम्बन्धमा थप समस्या उत्पन्न हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close